कोरोना रोकथाम गर्न विश्व बैंकको नेपाललाई थप ६ अर्ब ऋण सहयोग

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । विश्व बैंकले कोरोना रोकथाम कोषमा विश्व बैंकले ६ अर्ब अर्थात ५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ ।
कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो ।
कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो ।
सरकारले सो रकम कोरोना रोकथाममा आवश्यक स्रोत साधन प्रयोग गर्नको लागि खर्च गर्ने बताइएको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता घोषणा गरिसकेको छ ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यसले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री प्रकोप राहत कोषलाई सहायता प्रदान गर्ने बताए । उनले प्रकोप जोखिम न्यूनिकरणका लागि यो विश्व बैंकको वित्तीय औजार भएकाे बताए ।
योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ । ३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिने बताइएको छ ।