stcnepal long ad
global ime bank long

मेडिकल उपकरणको खरिदमा भएको अनियमितता छानवीन गर्न मसालको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महासचिव मोहन विक्रम सिंहले आज एक विज्ञप्ति प्रकाशित गर्दै हालै मेडिकल उपकरण खरिदमा भएको अनियमितता छानबिन गर्न माग गरेका छन् ।
एक विज्ञप्तीमा भनिएको छ `चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरू प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान अकर्षित भएको छ ।
उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानवीन गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ । अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्य सम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिशनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ ।
त्यस कारण त्यस प्रकारको कुनै पनि कारवाही हुन नदिन उच्च सतर्कता अपनाउन हामीले सरकार सित माग गर्दछौँ । अहिले देशमा कोरोना भाइरसका कारणले पैदा भएको असहज स्थितिबाट नाजायज फाइदा उठाएर उद्योग, व्यापारीहरूले कालोबजारी गर्न थालेका समाचार पनि व्यापक रूपमा आइरहेका छन् ।
देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको बेलामा केही नाफा कमाउनका लागि कृतिम अभावको स्थिति पैदा गर्नु वा कालो बजारी गर्नु पनि अक्षम्य प्रकारको अपराध हो । हामीले उद्योग वाणिज्यसित सम्बन्धित संस्थाहरू वा सरकार सित पनि त्यस प्रकारको कालोबजारी माथि नियन्त्रण गर्नका लागि अनुरोध गर्दछौँ ।
देशका विभिन्न भागमा क्बारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वास्थ्य जाँच वा उपचारको राम्रो व्यवस्था नभएको तथा कतिपय स्थानहरूमा ताल्चा मात्र लगाएर राखिएको समाचार पनि प्राप्त भइरहेका छन् ।
त्यस प्रति विशेष ध्यान दिन हामीले सरकार सित अनुरोध गर्दछौँ । कतिपय ठाउँहरूमा जनताले स्वास्थ्य जाँच वा क्बारेन्टाइनमा बस्न अस्वीकार गरेको, जबर्जस्ती गर्ने गरेको वा त्यहाँबाट भाग्ने गरेका समाचारहरू पनि प्राप्त भइरहेका छन् ।
त्यसो गर्नु स्वयं आफू र आफ्नो परिवार तथा सम्पूर्ण समाज वा देशका लागि गम्भीर सङ्कट वा महामारी निम्त्याउनु नै हुनेछ । त्यसैले त्यस प्रकारको गैरजिम्मेवार तरिका नअपनाएर कोरोना भाइरसले पैदा गरेको स्थितिमा अनुशासित भएर बस्नका लागि हामीले सम्पूर्ण जनता सित अपील गर्दछौँ ।ʼ

IME Lifesidebar
kumari