stcnepal long ad
global ime bank long

दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दक्षिण कोरिया पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।

IME Lifesidebar
kumari