citizens life insurance long ad

लाइसेन्सका लागि नयाँ आवेदन अर्को सूचना नभएसम्मका लागि भोलिदेखि बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । आज सोमवार यातायात व्यवस्था विभागले एक सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनु पर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

IME Life
kumari