citizens life insurance long ad

महालक्ष्मी विकास बैंकद्धारा नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाडांै स्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी रु ५०,०००÷̵ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम प्रदान गरिएको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताउनु भयो ।

यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले यस बैंकले विद्यालयलाई विगतमा पनी बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गर्नुभयो ।

यस बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

IME Life
kumari