citizens life insurance long ad

समयमा बीमा दाबी भुक्तानी गर्न सेवाग्राहीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा दाबी भुक्तानी समयमा नहुने गरेको प्रति सरोकार वालाहरुले गुनासो गरेका छन् । बीमा समितिले आइतबार सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी छलफलमा उक्त गुनासो गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानीको प्रक्रिया लामो एवम् झन्झटिलो रहेको, जोखिम बढी भएका क्षेत्रमा बीमा कम्पनीहरु बीमा गर्न अनिच्छुक देखिएको, कृषकहरूले बीमा गर्न चाहँदा चाहँदै पनि बीमा गर्न नपाएको लगायतका गुनासो गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी समयमा नदिँदा बीमितहरू महिनौं सम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था समेत रहेको उल्लेख गर्नुहुँदै दाबी भुक्तानीमा सुधार गर्न आग्रह गर्नुभयो ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको दाबी भुक्तानी विना ढिलाई सरल रूपले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै दिने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari