citizens life insurance long ad

सेञ्चुरी कमर्सियल बैंकको शाखा काठमाडौंको भिमसेनगोलामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधानले सो शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेकी छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको थियो ।

भिमसेनगोला शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ र ११३ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari