stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोटागुठी भवन उद्घाटन

मोक्ष गुठी निर्माणको अन्तिम चरणमा सम्पदा पुननिर्माणका गर्दा कुनै पनि सम्पदाको मौलिक स्वरुप विग्रिएको छैन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  कोटा गुठी भवनको आज उद्घाटन भएको छ । काठमाडौं महानगरको वडा नं. ५ कोटाटोलमा पुननिर्माण भएको गुठी घर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं संघीय संसद सदस्य ईश्वर पोखरेल र महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा वडाध्यक्ष रमेश डंगोल, वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीय उपस्थित हुनुहुन्थ्यो । हाँडी गाउँमा बसोबास गर्ने नेवार समुदायको व्यक्तिको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने ८ वटा च्या गुठी छन् । तीमध्ये कोटा गुठी एक हो । यस गुठीमा डंगोल र महर्जन परिवारका १६ गुठीयार हुनुहुन्छ ।

हाँडीगाउँका यी गुठीहरुलाई लिच्छवीकालीन मानिन्छ । कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो दिन विशेष पूजा गरिन्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता पोखरेलले, समुदायको अस्तित्व बचाउन संस्कृति बच्नु पर्ने धारणा राख्नुभयो । ‘हतियारले समुदायको अस्तित्व समाप्त हुँदैन । संस्कृतिको विनाशले हुन्छ । त्यसैले समुदाय बचाउन संस्कृति बचाउनु पर्छ ।’ उहाँको धारणा थियो ।

त्यस क्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, महानगरभित्रका पुननिर्माण गरिएका कुनै पनि सम्पदाको मौलिकता नबिगारिएको बताउनुभयो । ‘सम्पदाको मौलिकता विगार्नु हुँदैन । आवश्यकता आधारमा सुधार गर्न सकिन्छ । हामीले कार्यकालको सुरुदेखि भन्दै आएका हौँ । यसै अनुसार काम पनि गर्दै आएका छौँ ।’

‘सम्पदा पुननिर्माण जस्ता काम थालनी जहिले पनि गर्न सकिन्छ । यसलाई यो वा त्यो वहानामा रोक्नु पर्दैन ।’ मेयर शाक्यले भन्नुभयो, ‘सम्पदा पुननिर्माण गर्न, संस्कार, संस्कृति र परम्परालाई बचाउन महानगर आफैँले पैसा खर्च गर्न सक्छ । कसैसँग माग्नु पर्दैन ।

’वडाले मोक्ष गुठीको पुननिर्माण अन्तिम चरणमा पुर्‍याएको छ । कार्यक्रममा वडाध्यक्ष रमेश डंगोलले भन्नुभयो, ‘यसका लागि वडाबाट ५१ लाख रुपैयाँ छुट््याएका थियौँ । यो गुठी हाँडीगाउँ द्य छेँभित्र छ ।

कोटा गुठी ४६ लाख रुपैयाँ लागतमा पुननिर्माण भएको हो । यो २ तले छ । उपभोक्ता समितिका अध्यक्ष शुभनारायण डंगालले, महानगरको सहयोगबाट गुठीलाई ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

prabhu mahalaxmi
kumari