citizens life insurance long ad
stcnepal long ad

४५ दिने काष्ठकला तालिम सम्पन्न: प्रशिक्षार्थी मिलेर काठको वर्कसप खोले

स्वरोजगारमुलक तालिम हाम्रो लक्ष्य हो, उद्यम नगर्ने हो भने तालिम लिनुको अर्थ रहँदैन — मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभागले सञ्चालन गरेको ४५ दिने काष्ठकला तालिमको आज समापन भएको छ । विभागले नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्सँगको सहकार्यमा तालिम आयोजना गरेको थियो ।

४५ दिने रोजगारमुलक आधारभूत तालिम पुस ८ गतेदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको थियो । समापन अवसरमा प्रशिक्षार्थीहरुले तयार पारेका काष्ठकला प्रदर्शन गरिएको थियो । प्रदर्शनीको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीहरुले अवलोकन गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

तालिम समापन अवसरमा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तालिम लिएका प्रशिक्षार्थीहरुले समापन हुनु अघि नै काठको वर्कसप खोलेको खवरले आफूलाई सुखद महसुस गराएको बताउनुभयो । ‘हामीले धेरै तालिम चलायौँ । यसरी तालिम लिएका व्यक्तिहरुले प्रमाण पत्र लिए तर अधिकांशले काम गरेनन् ।

हाम्रो चाहना भनेको तालिम दिएका व्यक्तिले सिकेको सीपलाई उपयोग गरेर सानै भए पनि उद्यम चलाउन भन्ने हो ।’ मेयर शाक्यले भन्नुभयो, ‘२०७२ सालको भूकम्पले सम्पदा क्षेत्रमा क्षति पु¥याएपछि काष्ठकलामा काम गर्ने कलाकारको ठूलो खाँचो देखियो । त्यस बेला कलाकार पाउन कठिन भयो ।

कलाकारको त्यो अभाव अझै पनि छ । काठमाडौँमा यसको सम्भावना कहिल्यै सकिँदैन । हामी तपाईँहरुलाई आवश्यक पर्छ भने अर्को चरणको विशेषज्ञ तालिम पनि उपलब्ध गराउन सक्छौँ ।’
त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, काष्ठकलाजस्तै गरेर धातु, प्रस्तरलगायत अन्य विधामा पनि तालिम चलाउनु पर्ने बताउनुभयो । यस प्रकारका तालिममा महिलाहरुलाई सहभागी हुन उत्साहित गर्नुपर्ने उहाँको धारणा थियो ।

काष्ठकलामा महानगरको यो दोस्रो संस्करणको तालिम हो । २०७२ सालको भूकम्पपछि पुननिर्माणलाई केन्द्रमा राखेर पहिलो चरणमा तालिम चलाइएको थियो । सम्पदा विभागकी प्रमुख अर्चना शाक्यले, यसलाई विस्तार गर्दै लगिने बताउनुभयो ।

यस प्रकारको कलाकारिता कि पुस्ताबाट हस्तान्तरण हुन्छ । कि कसैलाई गुरु मानेर सिक्ने गरिन्छ । हामीले यी दुवै विधिलाई मिसाएर पाठ्यक्रम नै तयार पारेर तालिम चलाएको भएर बढी प्रभावकारी भयो । तालिम अवधिमा भएका क्रियाकलाप बारे जानकारी गराउँदै उपनिर्देशक श्रृजु प्रधानले, यस पटकको तालिमबाट प्रशिक्षक बन्न सक्ने जनशक्ति उत्पादन भएको बताउनुभयो ।
तालिमका संयोजक प्रदिप शाक्यले, तालिमका उपलब्धीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै हस्तकला महासंघको कला तथा शिल्पी परिषदका अध्यक्ष राजमान बज्राचार्यले, महानगरसँगको सहकार्यमा यसप्रकारका तालिम प्रदान गर्न आफूहरु उत्सुक रहेको बताउनुभयो ।
काठ र काष्ठकला, काठ छान्ने, यस कलामा प्रयोग गरिने औजार सम्बन्धी आधारभूत ज्ञानबाट तालिम सुरु गरिएको थियो । त्यसपछि औजारमा धार भए नभएको थाहा पाउने, धार लगाउने, फर्मा, ट्े«सिङ् र नक्सालाई कार्वन पेपरबाट काठमा उतार्ने, नक्सा कोर्ने, कोरेको नक्साअनुसार बुट्टा बनाउने, वुट्टा जोडने सीप सिकाइएको थियो ।

तालिममा साधारण पात, पानको पात आकारका बुट्टा (ग्वाह बुट्टा), नाग वा डारी वेरिएको जस्तो देखिने बुट्टा (नागवेली÷सिक्री), पानी तरङ्गे (ल गुजी) बुट्टा काट्न सिकाइएको थियो । त्यसैगरी घङ्गगी खू, पले बुट्टा, लहरे र मलगुली बुट्टा, फूल बुट्टाजस्ता बुट्टाका प्रकारहरु सिकाइएको थियो ।
यसै गरी बुट्टामा खाक्सी लगाउने, तयार पारिएको सामान जोड्ने, पालिस सम्बन्धी ज्ञान र पालिस लगाउने तरिका सिकाइएको थियो ।

IME Life
kumari