citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ महानगरबाट २ वटा अस्पताललाई भेन्टिलेटर सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई एउटा र काठमाडौँ महानगरको वडा ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ ।

आज राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

महानगरलाई भगिनी सहर तिव्वतको ल्हासा नगरले ५ थान भेन्टिलेटर उपलब्ध गराएको छ । यीमध्ये आज ३ वटा भेन्टिलेटर वितरण गरिएको हो । रोगका कारण गम्भीर अवस्थामा पुगेनका विरामीको उपचारका लागि भेन्टिलेटर अति आवश्यक मानिन्छ ।

भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो, ‘हामीले महानगरबासीको मात्र होइन । महानगर आउने सबै जनताको स्वास्थ्य र शिक्षा जिम्मा लिएका छौँ । यहाँ उपचार र शिक्षाका लागि आउने कसैले फर्कनु नपरोस् भनेर ती क्षेत्रमा क्षमता बढाउने काम गरेका छौँ ।’ शाक्यले भन्नुभयो, ‘हामीले काठमाडौँ जिल्लाका सबै नगरसँग नगर—नगर साझेदारी कार्यक्रम गरेका छौँ ।

५ वटा प्रदेशका ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि १ करोड ५० लाख रुपैयाँका दरले सहयोग गरेका छौँ । भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरलाई सहयोग गरेका छौँ । यसपछि ललितपुर महानगर र गोदावरी नगरसँग साझेदारी गर्ने कार्यक्रमको विषयलाई अन्तिम रुप दिँदैछौँ ।’

‘कोविडका समयमा कसैले भोकै बस्नु नपरोस् भनेर कार्यक्रम सञ्चालन ग¥यौँ । काठमाडौँका अन्य नगरले महामारीका समयमा आर्थिक अभाव भएर खाना खुवाउन सकेनन् भने काठमाडौँ र ललितपुर महानगरले जिम्मा लिने भनेर उपत्यका नगरपालिका फोरमबाट निर्णय गरेका थियौँ ।’ शाक्यले महामारी व्यवस्थापनमा गरेका कामका विषयमा चर्चा गर्दै स्वास्थ्य सुरक्षा र शिक्षाको पहुँचका लागि सदैव काम गरिरहनु पर्ने बताउनुभयो ।

त्यस क्रममा बोल्दै सूर्यविनायक नगरका मेयर बासुदेव थापाले, सूर्यविनायक नगर अस्पताललाई महानगरले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज महसुस भएको बताउनुभयो । ‘हामी संघ र प्रदेश सरकारको सहयोगमा १ सय वेडको अस्पताल बनाउने योजनामा छौँ ।

महानगरले भेन्टिलेटर दिएको छ । एचडीयु र आइसीयुका लागि सामाग्री र उपकरण प्राप्त भएपछि त्यस भेगबाट अत्यावश्यक सेवा लिने विरामीले अन्य अस्पताल जानु पर्दैन । यसबाट अन्य अस्पतालको चाप घट्नेछ ।’ मेयर थापाको भनाइ थियो ।

कोविडका समयमा मात्र नभएर मानव जीवनमा स्वास्थ्य संकट परेका बेला भेन्टिलेटर नभइ हुँदेन । महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सरकारी र सामुदायिक अस्पतालहरुको क्षमता बढाउन सहयोग गरेका छौँ ।

कोविडका बेला विकासका काम रोकेर पनि स्वास्थ्य सुरक्षाका लागि काम ग¥यौँ ।’ उपमेयर खड्गी श्रेष्ठले आवश्यकता र मागका आधारमा सहयोग बढाउन सकिने उल्लेख गर्नुभयो ।

 

IME Life
kumari