stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’शुभारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७८ फाल्गुण ११ गतेदेखि  १२ गतेसम्म जंगी अड्डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’को आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यमा शुभारम्भ भएको छ ।

उक्त कार्यक्रममा प्रधान सेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा शुभारम्भ मन्तव्य राख्नु हुँदै प्रधानमन्त्री तथा रक्षामन्त्रीले महाशिवरात्री तथा सेना दिवस–२०७८ को पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु हुँदै देशको संवेदनशील भू(राजनैतिक अवस्थितीको कारण अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नु भएको थियो ।

मन्तव्यको क्रममा उहाँले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाण्डौं–तराई/मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नु हुँदै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताउनु भएको थियो ।

साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरु उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

यसका अलावा, उहाँले ूबंकरदेखि व्यारेकू कार्यक्रम यथासिघ्र सम्पन्न गरी नेपाली सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्न समेत सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसस् पालना गर्न कटिबद्ध रहेको जानकारी गराउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहीरहने छ भन्ने विश्वास दिलाउनु भएको थियो ।

यसका साथै, उहाँले, देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको जानकारी समेत गराउनु भएको थियो ।

यस समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

prabhu mahalaxmi
kumari