मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा पक्राउ
आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
पर्वत । कुश्मा नगरपालिका-८ परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु दिनेश थापा मगर, राजु थापा मगर, विष्णु थापा मगर, समिर क्षेत्री, दुर्गा पौडेल र मिसन पौडेल रहेका छन् ।
उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।