stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुर महानगरको ७ ठाँउमा नगर प्रहरी सुचना केन्द्र स्थापना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । गत माघ १७ गते मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उदघाटन गरेका थिए ।

सूचना केन्द्र उदघाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउदै महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको दाबी गरेका थिए ।

मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनले कार्यक्रममा जानकारी दिएका छन ।

मेयर महर्जनले भने ( ‘ललितपुर महानगरपालिकाले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने गरी विभिन्न काम गर्दै आएको छ । स्मार्ट सिटि बनाउनको लागि महानगरले धेरै कामहरु गरेका छन् । तर, महानगरले सबै काम एकै पटक गर्न सक्दैन । विस्तारै महानगरलाई स्मार्ट सिटि बनाउने गरी काम गर्दै जान्छौं ।

१८ वर्षसम्म स्थानीय निकायको चुनाव नभएकाले चुनावपछि ललितपुर महानगरपालिका भित्र गर्नु पर्ने धेरै कामहरु थिए । केही कामहरु महानगरपालिकाले शुरुवात गरेको छ । अहिले ललितपुर महानगरपालिकाको २९ वटै वडामा कायरपल्ट हुने गरी विकास निर्माणको कामहरु भएको छ । सम्पदा संरक्षण देखि हरेक क्षेत्रमा राम्रो कामहरु भएको छ ।’

मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताएका छन ।

उनले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरेपनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको कारण काम गर्न नकिएको बताएका छन ।

तर अहिले अख्तियारलाई स्पष्ट बनाएर अहिले ट्राफिक लाइट जडानको लागि ठेक्का समेत स्वीकृत भएकाले चाडै लाइट जडान गरिने मेयर महर्जनले जानकारी दिएका छन । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनले बताए ।

मेयर महर्जनले भने( ‘ ललितपुर महानगरको मुख्य–मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने तयारीमा छौं। महानगरपालिकाले जडान गर्न लागिएको ट्राफिक लाइट चान्चुने होइन यो २१ औं शताब्दीको नयाँ टेक्नोलोजी हो । जावालाखेलमा राख्ने ट्राफिक लाइटले अन्य पाँच वटा ट्राफिक लाइटलाई कन्टोल गर्छ । कुन स्थानमा ट्राफिक जाम भएको छ । लाइटले नै व्यवस्थापन गर्ने गर्छ । यो लाइट जडान गरेपछि चोकमा ट्राफिक प्रहरी बसिराख्नु आवश्यक पदैन ।’

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधारणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने बताइएको छ ।

prabhu mahalaxmi
kumari