शुक्रबार रातीदेखि सवारी साधन जोरविजोर प्रणाली अनुसार चल्ने
sf7df8f}F, !^ j}zfvM
;jf/L ;fwg r]shfFr ub}{ ;'/IffsdL{
sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf Go"gLs/0fsf nflu ;/sf/n] nfu" u/]sf] aGbfaGbL cjlwdf a9L dfqfdf ;jf/L ;fwg rNg yfn]kl5 sf7df8f}Fsf] eb|sfnL ;8sdf dªunaf/ ;jf/L kf; eP gePsf] r]shfFr ub}{ ;'/IffsdL{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा व्यापार व्यवसाय गर्नेले फ्रन्टलाइनमा खटिने कर्मचारीको साप्ताहिक रुपमा दुई पटक कोभिड परीक्षण गर्नुपर्ने भएको छ ।
सबै प्रकारका व्यवसायहरुको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुईपटक एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउनुपर्ने नयाँ आदेश माघ ७ गते शुक्रबार देखि लागू भएको छ ।
आज शुक्रबार रातिदेखि राजधानीका सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जना भन्दा बढी हुन नहुने, कर्मचारी वा व्यवसायी र सेवाग्राही दुबैको पूर्ण खोप लगाएको कार्ड (मोवाइलमा फोटो भए पनि हुने) हुनुपर्ने नियम समेत लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
पार्टी प्यालेसमा पनि एक पटकमा कुल क्षमताको बढीमा एक चौथाईमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगाएका २० जनामात्र उपस्थित हुन पाउने नियम समेत लागू भएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालयहरुले होटलहरुलाई समेत संचालनका लागि विभिन्न मापदण्ड तोकेको छ । होटलका कामदारले अनिवार्य रुपमा मास्क, फेस शिल्ड र पञ्जा लगाउनुपर्ने नयाँ आदेश जारी गरिएको छ ।
होटल प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गरिएको छ भने कुनै सेवाग्राही मास्क नलगाई आएमा होटल व्यवस्थापकले रु. ५ लिएर मास्क उपलब्ध गराउनु पर्नेछ । होटलमा प्रवेश गर्नका लागि पनि पूर्ण खोप लगाएको कार्ड अनिवार्य हुनुपर्नेछ ।
होटल चेकइन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टीजेन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टीजेन परीक्षण गर्ने र त्यसको विवरण डिसीसीएमसीलाई उपलब्ध गराउनुपर्ने नयाँ आदेशमा उल्लेख गरिएको छ ।
यसैगरि राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा आज शुक्रबार रातिदेखि नै सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको हिजो बसेको बैठकपछि तीनै जिल्ला प्रशासनले जारी गरेका नयाँ आदेश अनुसार आज शुक्रबार राति १२ बजेदेखि अब सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने जनाएका छन्।
सार्वजनिक तथा निजी सवारी दुई पांग्रेसहितमा जोर गतेमा जोर नम्बर प्लेट भएकाले र विजोर दिनमा विजोर नम्बर प्लेट भएकाले सवारी साधन संचालन गर्न सक्नेछन् । आदेशको उल्लंघन गरेर सवारी साधन संचालन गरिए उनीहरुमाथि कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेका आदेशमा उल्लेख छ ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसीएमसीले काठमाडौं उपत्यकाका तीन जिल्लामा कोभिड संक्रमण दर तीव्र गतिमा बढ्न थालेको उल्लेख गर्दै त्यसको चेन ब्रेक गर्नका लागि केही कडा प्रतिबन्धहरु लागू गर्ने निर्णय गरेको बताइएको छ ।
आफ्नो पालोको दिनमा संचालन हुने सार्वजनिक यातायातका साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्न समेत नपाउने नियम लागू गरिएको छ।
सार्वजनिक यातायातमा सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने सवारी साधनको ढोका तथा भित्र पनि सर्वसाधारण यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले मास्कको साथमा फेसशिल्ड पनि लगाउनुपर्ने नयाँ आदेशमा उल्लेख छ ।
यस्तै, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्नेछ भने त्यस्ता साधनमा कुनै पनि यात्रुले मास्क नलगाई आएमा उनीहरुबाट रु। ५ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनु पर्ने भएको छ ।






















