नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर इच्छाकामना गाउँपालिका(६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुसार पहिरो हटाउन सुरु गरिएको छ । पहिरो हाटउन सुरु भए पनि ठूलो भएको कारण मध्यान्हसम्म लाग्न सक्ने भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।






















