citizens life insurance long ad
stcnepal long ad

भक्तपुरमा भाटभटेनी सुपरमार्केटदेखि बटुवासम्मलाई कारवाही

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने भाटभटेनी सुपरमार्केट देखि सर्वसाधारण बटुवासम्मलाई हिजो माघ ५ गते कारबाही गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले हिजो माघ ५ गतेदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लंघन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको भक्तपुरकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छिन ।

जारी आदेशको पालना भए नभएको अनुगमन गर्ने सिलसिलामा प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले माघ ५ गते भक्तपुर र काभ्रेको सीमा नाका साँगा, सूर्यविनायक, सम्पदास्थल भक्तपुरको तौमढी, सार्वजनिक यातायातका साधन र मध्यपुरथिमिस्थित भाटभटेनी सुपर मार्केट लगायत क्षेत्रको अनुगमन गरेको थियो ।

“आज हामी आफैले गरेको अनुगमनमा मास्क नलगाई हिँड्ने १५२ जनालाई रु। १०० का दरले जरिवाना लगायौँ, मास्क नलगाउने ६०१ जनालाई निःशुल्क मास्क वितरण गरयौँ”, प्रजिअ शर्माले भनिन। “सरकारको आदेश नमान्ने भाटभटेनी सुपर मार्केटलाई सचेत नास्वरूप एक पटकका लागि रु. १०० जरिवाना गरर्यौं, फेरि त्यस्तै भेटिए थप कारबाही गर्छौं ।” उनले भनिन।

उक्त सुपरमार्केटले आदेशविपरीत २५ जनाभन्दा बढी व्यक्तिलाई भित्र पठाएको, भित्रबाट कति समयमा बाहिर निस्कने हो, समय निर्धारण नगरेको, सन्देशमूलक सूचना नबजाएको, आदेशको कार्यान्वयन नगरेको पाइएपछि कारबाही गरिएको प्रजिअ शर्माले जानकारी दिइन ।

शर्माले ५०० वटा सवारी साधनको अनुगमन गर्ने क्रममा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, कतिपय यात्रुले मास्क नलगाएको, कतिपय चालक, सहचालकले लापर्वाही गरेको पाइएपछि गाडीमा मास्क र सेनिटाइजर राख्न निर्देशन दिएको जानकारी दिएकी छिन ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु भेटिए चालकलाई १०० देखि ६०० रुपैयाँसम्म जरिवाना गराउने भन्दै मास्क अनिवार्य गर्न प्रजिअ शर्मा आफैँ बसमा चढेर यात्रुलाई मास्क लगाउन र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेकी छिन।

माघ ५ गतेको कारबाहीबाट रु।१५ हजार २ सय राजस्व संकलन भएको छ भने अनुगमनका क्रममा ६०१ वटा मास्क निःशुल्क वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

IME Life
kumari