वडाध्यक्षले यसरी ज्यान बचाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार 
काठमाण्डौ । चैत १५ गते साझ ७:३० बजेको घटना हो , गोकणेश्वर नगरपालिका वडा नम्वर ५ को हाम्रो नयाँबस्ती युवा क्लबसंगै रहेको हिमचुली मेडिकलमा २ जना बिमारी आएछन।
एक बालक घाटी भित्र चेन अड्केर अर्को महिला प्रेसर बढी भएर जसको उपचार मेडिकलमा सम्भव नभएपछि उहाहरुले हस्पिटलमा जानको लागी भन्नु भएछ,फेरी बिरामी मान्छेहरुले कसैलाई नचिन्ने देखेर हो वा किन हो स्वयम मेडिकलले हामीलाई एम्बुलेन्स भन्दिन पर्यो भनेर भन्नु भयो र हामीले नजिकको हस्पिटलहरुमा भन्यौ कुनैमा के भन्दै टार्ने त कुनै के भन्दै टार्ने काम भयो ।
विचाराहरु हाम्रो आशामा कुरी नै बसेको छन भने हामी भने मन-मनमा खिन्नता महसुस गर्दै थियौ, त्यत्तिकैमा दिमागमा आउनु भयो गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी दाई र सेकेण्ड पनि नलगाई फोन गरेर जब सबैकुरा जानकारी गरायौ, तब उहाले सिधै म गर्छु पख भन्नु भयो हामी मनमनै अपमानित जस्तो बोझ बोकेर लगभग २० मिनेट मात्र कुरेका थियौ होला, उहा स्वयम आउनु भएछ ।
नेपाल मेडिकलेजको एम्बुलेन्स लिएर र दाईको कारण उनीहरूको उद्दार गर्न हामी सक्षम भयौ । तर हामी हाम्रो मनमा रहेको अपमानित बोझ उतार्न चाही सक्षम रहेनौ ।
मैले भन्न खोजेको यति मात्र हो की आज त ती बिरामीहरुलाई नारायण दाइका कारण उद्दार गर्न सफल भयौ, भोलि रातबेरात हामीलाई केही पर्दियो भने उद्दार गर्दिने को…? एम्बुलेन्स पाऊदो रहेनछ सर्वसाधारणले …? यसको जवाफ देहिता कसको हो … ? (पिडित जनताको गुनासो )

IME Lifesidebar
kumari