बजारमा तरकारी, फलफूल, ग्यास र खाद्यान्नको अभाव

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
किशोर शर्माबाट
काठमाडौं । आज चैत १६ गते लगडाउनको छैठौ दिन काठमाडौं उपत्यकाभरि नै सामान्य रुपमा खाद्यान्न, तरकारी,फलफुल, औषधि लगायतका पसल फाट्टफुट्ट रुपमा खुलेका छन भने अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सडकमा देखिएका छैनन । हिजो अस्तिको तुलनामा आज दैनिक उपभोग्य समानका पसलहरु बढी खुलेको देखिन्छ ।
काठमाण्डौ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका,कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका,किर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाहरूले कोरोना रोकथामका लागि डिसेन्टिफेन्टी औषधि छकर्ने कार्य सुरु गरेका छन् ।
प्राय सबै वडाहरूमा किटनाषक औषधि छर्किने तयारी गरिरहेका छन् । दक्षिणकाली नगरपालिकाको वडा न ६ फर्पिङले आज दिउसो फर्पिङ बजारमा वडाको पहलमा कोरिना रोकथामका लागि डिसेन्टिफेन्टी औषधि छर्कने कार्यक्रम तय भएको छ ।
यस क्षेत्रका अधिकास पसलमा ग्यासको अभाब देखिन्छ । अहिले बिहान ७ बजे किर्तिपुर नयाबजारमा रहेको भुवन स्टोरमा ७० पिस साइबाबा ग्यास आएकोमा ग्यास लिन आयकोलाई बितरण भैरहेको छ । एभरेस्ट ग्यास कम्पनी चाल्नाखेलमा एक बुलेट ग्याँस आएको छ । उपत्यकाको बजारमा हाल देखिएका मुख्य समस्याहरु यस्ता रहेको जनताको गुनासो सुनिन थालेको छ ।
१) बजारमा ग्यासको अभाब रहेको छ। प्रयाप्त ग्यास पाइदैन । त्यसको मुख्य कारण ग्यास ब्यबसायीले ग्यास पाएपनि ग्यास नल्याउनु,ग्यास भएपनी ग्यास पसल नखोलिदिनु,ग्यास आएको समयमा ग्यास पसलहरुले आफ्नालाई मात्र खबर गर्नु र नागरिकले ग्यास बढी संचित गर्नु रहेको छ ।
२) बजारमा तरकारी र फलफुलको मूल्य आकासिएको कारण मुख्य बजार मात्र खोलिनु र अन्य स्थानीय तरकारी उत्पादनलाई बजार ब्यबस्थापनको समस्या रहेको देखिएको छ ।
३) दैनिक उपभोग्य सामान दाल ,चामल,गेडागुडी ,तेल नुनका सबै पसल नखोली दिदा खुलेको ठाउमा मानिसको भिडभाड बढ्दै गएको छ ।थोरै पसल खुल्दा मानिसलाई टाढा सम्म जानुपर्ने समस्या रहेको छ ।
४) मानिसमा कोरोना बाहेक अन्य रोगको सक्रमण हुदा समेत कोरोना सङ मिल्दोजुल्दो रोग देख्दा निजि अस्पतालले उपचार र भर्ना नगरी दिदा बिरामीहरुलाई उपचारको समस्या बढ्दै गएको छ ।
५) बिरामी र अत्यावश्यक काममा हिड्ने मानिसहरूलाई जिल्ला प्रशासन कार्यालयले पासको ब्यबस्था नगरि दिदा आवत–जावतमा समस्या बढ्दै गएको छ ।
६) उपचारमा संग्लन्न विभिन्न अस्पतालमा कार्यरत कर्मचारीहरूलाई अस्पताल सम्म पुग्न र फर्किन समस्या उत्पन्न हुदा प्राय अस्पतालमा चिकित्सक ,नर्स र अन्य कर्मचारीको अभाब हुँदै गएको छ ।
७) बजारमा रहेका विभिन्न मेडिकलमा राम्रोखाले मास्कको अभाब देखिन्छ भने सेनिटाइजर प्राय सबै ठाउमा उपलब्ध रहे पनि मूल्य कम्पनीले बढाएर पठाउने गरेको भन्दै खुदरा व्यापारीले मुल्य बढाएको पाइएको छ । तर पनि सहजरुपमा सेनिटाइजर र मास्क पाउन गाह्रो भैरहेको छ ।
८) सरकारी र स्थानीय निकायले स्थापना गर्ने भनिएका क्वारेनटाइन र आइसोलेसनको तयारी सुस्त गतिमा हुनु र तयारी नगर्ने खाली घोषणामा मात्र सिमित भएको छ ।
९) निजि मेडिकल तथा अस्पतालले कोरोना लगायत रोगको उपचार गरेका छैनन् । सरकारको सुविधा खोजेर बसेका छन् ।
१०) बजारमा रहेको खाद्यान्नले नेपालमा तिन-चार महिना पुग्ने स्टक रहेता पनि भविश्यमा कालोबजारी हुने सक्ने खतरा भएकाले ब्यबस्थित गर्न आवस्यक देखिन्छ भने हाल बजारमा चाउचाउ लगायत बस्तुको केही अभाब देखिदै गएको छ । दैनिक ज्यालादारी गरेर खाने गरिबलाई अहिले पनि दैनिकी चलाउन समस्या देखिएकाले लकडाउन लम्बिएको खण्डमा समस्या बढ्दै जाने देखिन्छ ।
११) बिदेशबाट आएका नागरिकको वास्तविक बिबरण स्थानीय तह र सरकारसग नरहेकाले तिनको विवरण निकाली अनिबार्य रुपमा तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने देखिन्छ ।
१२) प्रहरीले बजारको मुख्य ठाउमा मात्र हिडडुल गर्न रोकेपनि भित्री बाटोमा नहेरी दिदा मानिसको आवतजावत बिस्तारै बढ्दै गएको तथा चोरी लगायत अपराध बढ्ने सम्भावना देखिन्छ ।
१३) सार्बजनिक धारा बिना ब्यवस्थापन बन्द गरिदिदा पानीको अभाब बढ्दै गएको छ ।
१४) हिडडुललाई सहि रुपमा ब्यबस्थापन गर्न नसक्दा दैनिक सामान खरिद गर्न मानिसलाई अप्ठ्यारो परेको देखिन्छ ।