citizens life insurance long ad
stcnepal long ad

इन्डियन आयल कर्पोरेसनलाई भुक्तानीका लागि दुई अर्ब अपुग भयो : आयल निगम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भुक्तानी दिनुपर्ने पैसा अपुग भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनले आइतबार पठाएको नयाँ मूल्यअनुसार यही जनवरी २३ मा भुक्तानी गर्नुपर्ने रकममा करीब २ अर्ब अपुग हुने निगमले जानकारी दिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले गत आइतबार पठाएको नयाँ मूल्यअन्ुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा प्रतिलिटर ८ रुपैयाँ ८१ पैसा र मट्टितेलमा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ ।

यस अनुसार १५ दिनमा निगमलाई २ अर्ब २४ करोड रुपैयाँ घाटा हुने जनाइएको छ । आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिने निगमले जनाएको छ ।

 

IME Life
kumari