नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले विवादमा फसेपछि राजीनामा दिएका छन् ।
नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले आज पुस २७ गते मंगलबार पदबाट राजीनामा दिएका छन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।
मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्याफ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।
पुर्व मन्त्री योगेश भट्टराई र भानुभक्त ढकालको मौखिक आदेश मानेर माफियालाई कानुन विपरित संग्राहलयको जग्गा लिजमा दिदा दाहाल फसेका छन। यसमा दाहालले पनि केही भाग पाएको आनन्दराज बतासको अन्तर्वाताबाट पनि प्रष्ट हुन्छ।


























