citizens life insurance long ad

सेनाका १६ लेफ्टिनेन्ट कर्णेलको सरूवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । २५ पुसदेखि लागू हुनेगरी सरुवा गरिएको सेनाले जनाएको छ ।

सरूवा हुने प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द्र बहादुर रेश्मी मगरको सैनिक तालिम महानिेर्दशनालय, वासुदेव धिमालको रक्षा समन्वय कार्यालयमा सरुवा भएको छ ।

यस्तै, उत्तम सापकोटाको नेपाली सैनिक ब्याटल स्कुल, मीनराज तिवारीको सैनिक सचिव विभागमा, महेश्वर कार्कीको पश्चिम कमाण्ड हेडक्वार्टर, दिनेश गौतमको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा, ज्योति कुमारी थापाको सैनिक सामग्री प्राप्ति निर्देशनालयमा सरुवा गरिएको सेनाले जनाएको छ ।

यस्तै सुशील प्याकुरेलको नं. ५ बाहिनी अड्डामा, नकुल थापाको राष्ट्रपतिको सचिवालयमा, अरुण श्रेष्ठको उपत्यका पृतना तालिम शिक्षालयमा, विमल केसीको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, अनिल महतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, वासुशरण खड्काको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा गरिएको सेनाले जनाएको छ ।

IME Lifesidebar
kumari