citizens life insurance long ad

उम्रिने अफिमका पोस्तादाना आयात

मोती दुगड र प्रदिप मित्तल छानवीनको घेरामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेकी मुलुक भारतमा निर्यात गर्नका लागि वैधानिक रूपमै टर्कीबाट ल्याइएको पोस्तादाना (अफिमको बियाँ) नेपाल आइपुग्दा ‘लागूऔषधको कारोबार’मा परिणत भएको छ ।

झापाका व्यवसायी प्रदीप मित्तलको समूहले नेपाल ल्याएको लाखौं केजी पोस्तादाना उम्रिने खालको परेपछि आयातकर्ता व्यवसायीहरूमाथि अफिम तस्करीको आरोप समेत लाग्न थालेको छ ।

मिठाइमा प्रयोग गर्नका लागि भनेर पोस्तादाना आयात गरिए पनि अहिले उम्रिने खालको परेपछि आयातकर्ता र अनुमति दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समेत थप आलोचना हुन थालेको छ ।

सुपारी, मरिच, छोकडाको कोटा तोकेर आयात खुला गरेको समयमा केपी ओली नेतृत्वको सरकारले केही व्यापारीलाई पोस्तादाना ल्याउन पनि अनुमति दिइएको थियो । पोस्तादाना ल्याउने अनुमति खुला गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोति दुगडको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

यद्यपि, पोस्तादाना आयात भने झापाका व्यवसायी प्रदीप मित्तल र उनको समूहले गरेको हो । उनीहरूले २ हजार टन पोस्तादाना आयात गर्ने अनुमति पाएका छन् ।

तर नेपाल ल्याइपुर्याइएको धेरैजसो पोस्तादाना उम्रिनेखालको परेको परीक्षणहरूबाट पुष्टि भएको छ । यद्यपि, उम्रिने खालको भए पनि सो पोस्तादानामा लागूऔषधको मात्रा भने नभेटिएको बताइएको छ ।

पोस्तादानामा लागूऔषधको मात्रा नभेटिएकै कारण आयातकर्तालाई कारबाही गर्न नसकिएको प्रहरीको भनाइ छ । लागूऔषधको मात्रा भेटिएको अवस्थामा लागूऔषध नियन्त्रण ऐन २०३३, अनुसार प्रहरीले आयातकर्तालाई कारबाही गर्ने बाटो खुल्थ्यो । तर, प्रहरीले कारबाहीका लागि कुनै आधार नभेटेको जनाएको छ ।

प्रहरीले नेपालको कानुनअनुसार कारबाहीको आधार नभेटे पनि पोस्तादाना आयातकर्ता व्यवसायी र फर्महरूमाथि अन्तर्राष्ट्रिय कानुन भने आकर्षित हुने देखिएको छ ।

किनकी उम्रिने क्षमता भएका पोस्तादाना आयात तथा निर्यात गर्न पाइँदैन । यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघ अफिस अन ड्रग एन्ड क्राइम अन्तर्गतको इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्डको प्रावधानहरू आकर्षित हुने देखिन्छ ।

बोर्डको प्रावधान अनुसार उत्पादनकर्ता मुलुकले सिडको प्रजनन क्षमता नष्ट गरेर मात्र अन्य मुलुकमा निर्यात गर्नुपर्ने हुन्छ । तर, नेपाल ल्याइएको पोस्तादाना ९० प्रतिशतजति उम्रिनेखालको परेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

यस्तो अवस्थामा आयातकर्ता व्यवसायीसँग निर्यातकर्ता मुलुक समेत कानुनी दायरामा आउनुपर्ने स्थिति बनेको छ । तत्कालीन ओली सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २ हजार टन पोस्तादाना आयात गर्न कोटा खुला गरेको थियो ।

आयात गर्ने जिम्मा भने झापाका व्यवसायी प्रदीप मित्तललाई दिइएको थियो । उनले अन्य केही व्यवसायिक फर्मलाई ठेक्का बेचेको र अन्य फर्मको नाममा पनि पोस्तादाना आयात भइरहेको पाइएको छ ।

जानकारी अनुसार कुबेर एक्जिमको नाममा ७ कन्टेनर र धनलक्ष्मी फुडको नामबाट ६ कन्टेनर गरी कुल १३ कन्टेनर गरी कुल २ लाख ३८ हजार केजी पोस्तादाना वीरगञ्ज ल्याइ पुर्याइएको छ । मिठाईमा प्रयोग गर्ने भन्दै व्यवसायी मित्तलको समूह र त्यस अन्तर्गतका वैभव ट्रेड कन्सर्न, कुवेर एक्जिम प्रा.लि., राठी ट्रेडिङले पोस्तादाना नेपालमा आयात गरेका थिए ।

यसरी आयात गरिएको पोस्तादाना उम्रिने किसिमको भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट पोस्तादानामा लागूऔषध नभेटिए पनि उम्रिन सक्ने भएकाले थप अनुसन्धान भइरहेको बताइएको छ ।

पोस्तादाना अफिमको बिरुवामा लाग्ने दाना अर्थात् अफिमको बियाँ हो । पोस्तादाना उम्रिएपछि अफिमको बोट बन्ने गर्छ । अफिम लागूऔषध भएका कारण नेपालमा प्रतिबन्धित छ ।

उम्रिने अफिम दाना आयात गर्ने चाजोपाजो मिलाएर मोती दुगडले नेपालमा अबैध अफिम खेती गराई लागू ओैषध उप्पादन गरि विदेश निर्यात गर्ने उदेश्य राखेको देखिन्छ। यहाँ मुनाफाखोर,कालाबजारी र माफियाँ मोती दुगड र प्रदिप मित्तल अन्तराष्ट्रिय लागू ओैषधका माफियासँग मिलेको आशंका प्रहरीले गरि गोप्य रूपमा छानवीन र निगरानी गर्न थालेको बुझिन आएको छ।

IME Lifesidebar
kumari