stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित भेटिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । नेपालमा फेरि पाँचौं कोरोना भाइरस संक्रमित व्यक्ति वागलुङ जिल्लामा भेटिएकी छिन् ।

बेल्जियमबाट दुवई हुदै कतार एयरवेजबाट काठमाण्डौ आई वागलुङ गएकी अन्सु सापकोटा नाम गरेकी महिलाको रयाल परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

यस अघि दुवईबाटआएका धनगढी उपमहानगरपालिका -६ हसनपुरका ३४ वर्षिय अमृत शाहीलाई परिछण गर्दा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

दुबईबाट आएका उनी गत चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

त्यस अघि फान्सबाट आएकी काठमाडौ मैतीदेवीकी प्रसिद्ध श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । शुरूमा चीनको वुहान सहरबाट आएका धनुषाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

त्यसपछि अन्य एक पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । टेकु अस्पतालमा कोरोनाको उपचार गराइरहनेमा दुई जना आइसोलेसन वार्डमा , दुई जना स्वास्थ्य भै आराम गरिरहेको र सात जना क्वारेन्टाइनमा रहेको टेकु अस्पताल स्रोतले बताएको छ

prabhu mahalaxmi
kumari