पिठो बोकेर आए मन्त्री फुयाल

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार
काठमाडौं । कोरोना संकटले जनजीवन अस्तब्यस्त भैरहेको बखत मानव आश्रित प्राणीहरु समेत संकटमा परेका समाचार सार्वजनिक भैरहेका छन । शहरी क्षेत्रमा आश्रय लिईरहेका बाँदर, कुकुर तथा असहाय गाईबाछाहरु चरम संकटमा परेका छन ।
पशुपती क्षेत्र लगायतका परेवा लगायतका पन्छिहरु समेत संकटमा परेका छन । असहाय गाईबाछाको संरक्षण खातिर स्वयंसेवी रुपमा संचालित अभियान अन्तर्गत लकडाउनको पाचौंदिन पनि उनीहरुको सेवामा स्वयंसेवीहरु सकृय रहे ।
लकडाउनका कारण उनीहरुका लागि खाद्यान्न संकट पर्नसक्ने अनुमान गर्दै वाग्मती प्रदेशका माननीय मन्त्री रामेश्वर फुँयाल स्वयं एकबोरा पिठो सहित संरक्षण स्थल आईपुग्नु भएको छ ।
असहाय बाछाबाछीका लागि मन्त्री बनेपछिको आफ्नो पहिलो तलबको केही अंश अर्पण गरेको बताउनु हुँदै असहाय बाछाबाछी संरक्षण अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बिश्वास दिलाउनु भयो ।
आजै असहाय बाछाबाछी संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिका गोठाटार निवासी भरत संजेलले रु. ५ हजार मुल्य बराबरको दुई बोरा दाना र ३ बोरा भुसा प्रदान गर्नुभएको छ ।
यसैबीच असहाय बाछाबाछीको संरक्षण खातिर चैत्र १ गते कागेश्वरी मनोहरा नगरपालिका गोठाटार निवासी शिबहरी पोखरेलले रु ५ हजार प्रदान गर्नुभएको छ भने चैत्र ११ गते कागेश्वरी मनोहरा हरियाली नगर निबासी बिजय सुबेदीले रु १ हजार प्रदान गर्नुभएको छ ।
यसअघि फागुन ६ गते बाछाबाछी संरक्षण अभियन्ता गोपाल खड्काले २५ केजी पिठो उपलब्ध गराउनु भएको थियो भने कागेश्वरी मनोहरा स्थित निराकार फोहोर ब्यवस्थापनका तर्फबाट रबिन भट्टराईले रु. ११ सय मुल्यको २ बोरा भुसा प्रदान गर्नुभएको थियो ।
बाछाबाछी संरक्षण स्थलमा दिनहुँ स्वयंसेवीहरु आफैं उपस्थित भई घरमा खेर गएका खाद्यान्न, घाँस लगायतका सामग्रीहरु उपलब्ध गराउँदै आउनु भएको छ । संकट चुलिंदै जाने सम्भावना देखिएको बखत कतिपय असहाय बाछाबाछीहरु सडकमै मर्नसक्ने र खान नपाएर, ओत नपाएर तथा बिबिध कारणले जोखिममा रहेको अवस्थामा त्यस्ता बाछाबाछीलाई संरक्षण स्थलसम्म ल्याउने ब्यवस्था मिलाईदिनु हुन सबैमा अनुरोध गर्दछौं ।
कृपया त्यस्ता असहाय बाछाबाछी ल्याउँदा उनीहरुका लागि केहीदिन पुग्ने खाद्यान्न समेत ल्याई सहयोग गर्नुहुन अनुरोध गरिन्छ । साथै लकडाउनका कारण मानवी चहल पहल कम भएको अवस्थामा कतिपय जनावरहरु संकटमा परिरहेको बखत उनीहरुको जीबनरक्षाका लागि समेत थोरै भएपनि समर्पण गर्न अनुरोध गरिन्छ । आफ्नो नजिक र वरपर रहेका बाछाबाछी , कुकुर र बाँदर अनि परेवा जस्ता प्राणीहरुको सेवा गरौं । उत्तम पुडासैनीबाट