citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सनराइज बैंकद्वारा वीर अस्पताल र शुक्रराज ट्रपिकलमा पीपीई वितरण, सातै प्रदेशमा वितरण गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५–२५ थान दिएको छ ।

कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो । शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।

साथै उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

कार्यक्रममा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देशबासीलाई थोरै थोरै भए पनि मलम लगाउने उद्देश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) उपकरण वितरण गर्ने जानकारी दिए ।

gold
himalayan life insurance long ad