सशस्त्र प्रहरीबाट श्रोत नखुलेको ३८ लाख ३५ हजार बरामद
जनकपुरधाम । सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पुस २२ गते बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका–२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिएका छन् ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


























