ललिता निवास प्रकरणका अभियुक्त ढकाललाई राजस्व छलेको २ अर्व ४० करोडको मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
विभागले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा।लि। का सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ विरुद्ध उच्च अदालत पाटनमा आज पुस २० गते मंगलबार मुद्दा दायर गरेको छ ।
सोही अभियोगमा ललितपुर महानगरपालिकास्थित सुन्धारा स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा।लि।का लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपराइटर राजेश्वर श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले आरोप लगाएको छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले अडिटर र फर्मको सहयोगमा ढकालले ठगी गरेको बताएका छन । उनले भने(‘फर्मको सहयोगमा अर्वो राजस्व ठगी भएको छ।
उनीहरुविरुद्ध बिगोबराबर १ अर्ब २० करोड ४९ लाख, त्यति नै रकम सजायबापत गरी २ अर्ब ४० करोड ९८ लाख मागदाबी गरिएको विभागले जनाएको छ ।























