कोरोनाबाट आत्तिनु पर्दैन

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौं । पहिलो र दोश्रो बिश्वयुद्धमा एकै दिन ६ लाख मानिस मरेको इतिहास छ । नेपोलियनको एकैदिन ५ लाख सेना मरेका थिए । हिटलरले पनि लाखौ मानिस मारे, लेलिन र माओको क्रान्तिमा लाखौ मानिस मरे ।
क्युबा र भियतनामीसॅग अमेरिकी युद्धमा हजारौ मानिस एकैदिन मरे। जर्मन फ्रान्स ईटली देखि रुस जापान र उत्तर दक्षिण कोरियाका लडाईहरुमा भयंकर मानबहरु ध्वस्त भए भनेपछि ती इतिहासबाट पाठ सिक्दै बिश्वभरमा फैलिएको सानो कोरोना भाईरसबाट यति आत्तिहाल्नु पर्ने अवस्था छैन ।
हाम्रा अग्रजहरुले नालापानी कालापानी युद्ध लडेर बिट्रीस साम्राज्यलाई धुलो चटाएको हामी बीर गोर्खालीका सन्तान हौ। हामीले कोरोनासॅग डराएर आत्तिएर छट्पटिएर निसास्सिएर के पाऊछौ र । मनको बाघलाई हटाई दिनुस जो सॅग आत्मबल कम छ जोसॅग धैर्यता र बिबेक छैन ऊसलाई अनेकौ रोग लागेको हुन्छ । कोरोना पनी त्यस्तै हो। मर्नु नै छ सबैले एकदिन त किन डराऊनु होईन र ? तर समिपमा आऊदै गरेको मरणलाई अलि पर पर धकेल्न हामी सक्षम हुन सक्नु पर्छ ।
त्यही भएर बिज्ञान र मेडिकल साईन्सले जितेको छ। बिश्वमा सात अर्ब ४० करोड जनसंख्या छ जसमा ८/१० लाखमा कोरोना संक्रमण भएपनिआत्तीहाल्नु पर्ने रोग होईन। यसअघि अफिक्री देशमा ईबोला आएको थियो । सन् २००० मा HIV पोजेटिभले भयाबह रुप लिएको थियो । सन २०१०तिर स्वाईनफ्लु बर्डफ्लुहरु पनि आएको थियो ।
सबै निर्मुल भए झै यो पछिल्लो आएको कोरोना को ८० प्रतिशत औसधीले काम गरिसकेको छ। ९५ प्रतिशत बिरामी ठिक भएका छन, मात्र ३ पतिशत मृत्यु हुनुलाई नर्मल नै मान्न सकिन्छ। कुरा सकारात्मक सोच को हो, नेपालको सरकारको सकृयता अझै बढनु पर्ने देखिन्छ ।
सारा अस्पताल निजी छन् । अस्पतालहरु ब्यबसाय बनेको छ । ठुला दलका ठुला नेताहरु ठुला मेडिकल कलेज खोल्न तछाडमछाड गरिरहेका छन् । जताततै मेडिकल माफिया छन् । सरकारी अस्पताल ध्वस्त पार्ने सरकारका मंत्री र सासंद नै निजी अस्पतालका मालिक छन् । गरिब जनतालाई ऊपचार गर्न ७० किसिमका औषधि नि:शुल्क भनिएपनि जनताले पाउन सकिरहेका छैनन ।
कोरोना भाइरसको उपचार गर्न आवश्यक किट, पिपिई र ऊपकरणहरु छैनन। तर Vip र Vvip हरुका लागि ग्रान्डी नर्भिक सहज छन । तर ति अस्पतालमा गरिब जान पाऊदैनन प्रश्न सरकारलाई गरौ हामीले तिरेको करबाट कति अस्पताल बनाइयो भनेर ? कति डाक्टरलाई नियमित दरबन्दीमा राखियो ,कति माफियालाई कार्बाही गरियो भनेर प्रश्न गर्न मन लाग्छ । नेपालको सरकारी अस्पतालहरु सुविधा बिहिन हुदा हरेक नेपालीलाई रोगहरु आऊदा तर्सिनु पर्ने अवस्था छ ।
साधारण मृगौला रोगको ऊपचार नपाई नेपाली नागरिक मर्नु पर्ने बाध्यता छ । तर सरकारका मन्त्री प्रमहरु भने सजिलै मृगौला फेर्दै देश चलाईरहेका छन, कुर्सी ओगटिरहेका छन । गरिबको पक्षमा बोल्ने एऊटा पनि छैन, खाली तिनै सत्ता वरीपरीका झोलेहरु लाईन लागेका छन्।