citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

पोखरामा प्रथम थकाली युवा भेला सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । थकाली समुदाय आदिवासी जनजाति समुहमा पर्दछन । मुस्ताङ, म्याग्दी, बागलुङ लगायत जिल्ला थकालीको मूल थलो मानिन्छ ।

अहिले थकाली समुदाय पोखरा,काठमाडौं, चितवन,मुङलिन लगायत व्यापारिक क्षेत्रमा खाना व्यापार गरेर देशभरनै फैलिएका छन। विश्वभर छरिएर रहेका थकाली युवाहरु अहिले पोखरामा भेला भएका छन् ।

थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा हिजो पुस ७ गते बुधबारदेखि पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला सुरु भएको छ । पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका ३ क्षेत्रगरी २२ क्षेत्रका युवाहरुको सहभागिता रहेको छ ।

भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो संस्कार जोगाउन युवापुस्ताले अगुवाई गर्नुपर्ने बताए । उनले भने–‘जुनसुकै समुदायको पहिचान राष्ट्रियताकै कारण हुन्छ । राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्थित्व रहन्न।

नेपाल नै रहेन भने हामी नेपाली पनि कहाँ रहन्छौं र रु नेपाली नै भइदैनन अनि हामी थकाली पनि रहँदैनौं ।’

आफ्नो समुदायसँगै राष्ट्रको लागि योगदान गर्न उनले आग्रह गरे । थकाली धनी भएपनि राष्ट्रिय राजनीतिमा पहुँच नपुगेको बताउदै उनले भने– ‘थकालीहरुको जनसंख्या घट्दै गएको छ । जति छौं, सबैको सम्बन्ध नजिक छैन। अब सबैलाई एक ठाउँमा राख्नुपर्छ । थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छ । अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुपर्‍यो ।’

थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उदेश्यले भेला आयोजना गरिएको युवा समितिका तदर्थ संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।

कार्यक्रममा ‘थकाली युवा, अवसर, चुनौति र सम्भावना’ विषयक बहस हुनेछ भने नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइने छ । ‘गाँस, बास र कपासको जोहो गर्न भन्दै हामी थातथलो छाडेर हिमालबाट पहाड हुँदै तराई झर्‍यौं ।

कतिपय युवाहरु विदेशसमेत पलायन भए,’ उनले भने, ‘जसका कारण हाम्रो भाषा, संस्कृति, परम्परा, भेषभूषा लोपोन्मुख अवस्थामा गयो, त्यसैका जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं ।’ सो कार्यक्रममा थकालीहरुको आदिम र वर्तमान अवस्थाबारे जानकारीमुलक प्रस्तुतीहरु रहने बताइएको छ ।

IME Life
kumari