citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्य सहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम आइतबारदेखि सुरु भएको छ । खाद्यका लागि कृषि अभियानको संयोजनमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम सुरु गरेको छ ।

‘आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ’ भन्ने नारासाथ आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपत्का कारण कृषि, खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा परेको प्रभावलाई मुख्य विषय बनाएको छ ।

४६ औँ विश्व खाद्य दिवसकै अवसरमा आइतबार ‘आर्टिभिज्म’ अर्थात् कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनसमेत आयोजना गरी खाद्य सम्प्रभुता, जलवायु न्याय र जलवायु परिवर्तनले कृषिक्षेत्रमा पारेको प्रभावका विषयमा ध्यानाकर्षण गराइएको अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत सोमबार काठमाडौँको वसन्तपुरस्थित शिवपार्वती डबलीमा दिउँसो ४ बजे सडक नाटक प्रस्तुत गरिने छ । नाटकमार्फत कृषि, खाद्य अधिकार, जलवायु परिवर्तन र किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

त्यसै गरी असोज २७ गते मङ्गलबार दिउँसो १ देखि ५ बजेसम्म हरिहरभवनस्थित कृषि विभागमा ‘खाना र खेतीपातीका यक्ष प्रश्न’ शीर्षकमा बहस, नाटक, रचनात्मक प्रस्तुति तथा पोस्टर र कला प्रदर्शनी आयोजना गरिने बताइएको छ ।

IME Life
kumari