stcnepal long ad
global ime bank long

खानेपानी संस्थानको महाप्रबन्धक बन्न एक दर्जनको दौडधुप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रवन्धक बन्नका लागि एक दर्जन भन्दा बढीले दौडधुप गरिरहेका छन् । गत असोज २७ देखि रिक्त रहेको महाप्रवन्धक पद पाउनका लागि संस्थानकै पूर्व महाप्रवन्धक डा. भुपेन्द्र प्रसाद, हाल संस्थानमा निमित्त महाप्रवन्धकको जिम्मेवारीमा रहेका ईं. ईश्वर प्रसाद र संस्थानकै प्रशासन शाखाका उपप्रवन्धक त्रिदेव कुमार श्रेष्ठले दौडधुप गरिरहेका छन् ।

उनीहरूबाहेक महाप्रवन्धकको लागि दौडधुप गर्नेहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेयलका रामचन्द्र ढकाल, लक्ष्मण बस्नेत, दुर्गा बस्नेत, अर्जुन बहादुर ढकाल र संस्थानकै वीरगंज शाखामा कार्यरत निरण महर्जन लगायत पनि रहेका छन ।

यी बाहेक पनि संस्थानको नेतृत्वमा पुग्नका लागि खानेपानी मन्त्रालय, खानेपानी विभागका सिनियर कर्मचारीले पनि आँखा लगाएका छन् । संस्थानको महाप्रवन्धक हुन प्रशासनिक, लेखा समूहको भन्दा पनि प्राविधिक कर्मचारी नै योग्य मानिदै आएको छ ।

संस्थानको मुख्य काम भनेकै प्राविधिक र टेक्निकल भएकोले प्राविधिक तर्फकै कर्मचारीलाई महाप्रवन्धक बनाउनुपर्ने माग संस्थानका कर्मचारीहरूले गर्दै आएका छन् । यसै भएर महाप्रवन्धक बन्नको लागि केयुकेयलका कर्मचारीले पनि दौडधुप गरेका छन। उनीहरू प्राविधिक भन्दा पनि प्रायस् सवै लेखा समूहका हुन ।

खानेपानी संस्थानको प्रमुख हुन प्रशासन,लेखा,प्राविधिक भई १० वर्ष काम गरेको अनुभव र सम्वन्धित विषयमा स्नातक गरेको हुनपर्ने नियम रहेको छ । साथै संस्थान भित्रबाट नियुक्ति गर्दा १२ औं तहको कर्मचारी हुनुपर्ने भएपनि हाल जुनियरहरूले पनि महाप्रवन्धकको लागि कसरत गरिरहेका छन ।

लेखा र प्रशासन समुहका कर्मचारीलाई महाप्रवन्धकमा नियुक्ति गर्नु नहुने भन्दै संस्थानका कर्मचारीहरूले खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिब प्रमिला शाक्य बज्राचार्यलाई ध्यानाकर्षण गराइसकेका छन । तर यतिवेला मन्त्री चौधरीको ध्यान प्राबिधिक र सिनियर कर्मचारीतर्फ भन्दा पनि प्रशासनतर्फ गएको छ ।

संस्थानमा हाल निमित्त महाप्रवन्धक रहेका इन्जिनियर ईश्वर प्रसाद भन्दा पनि प्रशासनका उपमहाप्रवन्धक श्रेष्ठलाई महाप्रवन्धक बनाउने सोचमा मन्त्री चौधरी पुगेको बताइन्छ । मन्त्री हुनु भन्दा अगाडि उमाकान्त चौधरी भैसेपाटीमा श्रेष्ठको घर नजिकै छिमेकी भएर बसोवास गर्दथे ।

मन्त्री चौधरी र श्रेष्ठका परिवारमा त्यही समयमा पारिवारिक घनिष्टता बढेको थियो। त्यही सम्बन्धको फाइदा लिदै यतिवेला संस्थानको महाप्रवन्धक बन्न त्रिदेव श्रेष्ठ ज्यान फालेर लागेका छन र मन्त्री चौधरीको रोजाईमा पनि परिसकेका छन।

करिव साँढे दुई महिनादेखि संस्थानको महाप्रवन्धक पद रिक्त रहेको छ । यस बीचमा मुख्य चाडपर्वका कारण सार्वजनिक बिदा परेकोले समयमा महाप्रवन्धकको नियुक्ति हुन नसकेको मन्त्रालयले जनाएको छ ।

यस बीचमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन परेको र त्यसतर्फ मन्त्री चौधरीको ध्यान केन्द्रित भएकै कारण महाप्रवन्धक नियुक्तिमा ढिलाई भएको थियो। मन्त्री चौधरी कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भैसकेका छन।

महाधिवेशनमा कार्यकर्ताको लागि गरेको खर्च उठाउनका लागि मन्त्री चौधरीले महाप्रवन्धक बन्न खोज्नेहरूसँग मोलमोलाई र वार्गेनिङ्ग गर्ने गरेकाले पनि जीएम नियुक्तिमा ढिलाई भएको बताइएको छ । अब जसले राम्रो दाम चढाउछ उसैलाई नियुक्ति दिने दाउमा मन्त्री चौधरी रहेको स्रोतको दावी छ।

IME Lifesidebar
kumari