stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख गिरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिजो पुस २ गतेबाट महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरीले पाएका छन् ।

यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। एसएसपी गिरीले महानगरी प्रहरी प्रमुखको जिम्मेवारी हिजैबाट सम्हालेका छन।

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिएका छन । गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आएका हुन ।

भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै कार्यरत रहने छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ । हालका प्रमुख (एसएसपी) राजेश बास्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले बताएका छन् ।

prabhu mahalaxmi
kumari