stcnepal long ad
ime life insurance
national life
global ime bank long

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा असर पर्यो- अर्थ मन्त्री शर्मा

पुसभित्र पुँजीगत खर्च ३० प्रतिशत पु(याउन अर्थमन्त्रीको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन्।

अर्थ मन्त्रालयमा हिजाे शुक्रबार आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रियामा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन्।

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै उनले विकास खर्च गर्ने मन्त्रालयहरुलाई चाँडो खर्च गर्न ताकेता गरे।

‘बजेटहरुको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ।’

समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वय लगायतका कार्यहरु समयमै गर्ने शर्माले प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिनेसमेत मन्त्री शर्माले सचिवहरुलाई सचेत गराएका थिए।

‘बजेट त्यहीँ बसिराख्दैन। यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन। जे निकासा हुने हो पहिले नै हुन्छ। खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ।’

शर्माले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताएका छन्। ‘खर्च गर्नुस्, बजेट लिनुस्’, उनले भने, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न।’ यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जबाफ पठाउन पनि निर्देशन दिएका छन।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतको सहभागिता थियो।

IME Lifesidebar
kumari