citizens life insurance long ad
stcnepal long ad

कीतिपुण्य महाविहार च्वाकँ वहीः आँगछे शिलान्यास

प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ भएको हुन सक्छ, तर माग भएका सम्पदा पुननिर्माणका कुनै पनि योजना छुटेका छैनन् –प्रमुख शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन् । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन् । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न सकेका छैनन् ।

केही गुठी संस्थान र पुरातत्व विभागको स्वामित्वमा भएकाकारण प्रक्रियामा जान सकेका छ्रैनन् । यसबाहेक अन्य सम्पदामा महानगरले आफ्नै लगानीमा पुननिर्माण गरिरहेको छ ।’

सम्पदा पुननिर्माणका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले शिलान्यास भएका कुनै पनि काम रकम नभएर निर्माण रोकिँदैन । त्यसका लागि महानगरले योजनाअनुसारको रकम विनियोजन गरिसकेको छ ।’

आज वडा २१ ल्गनटोलमा रहेको कीर्तिपुण्य महाविहार, च्वाकँ वही आँगछें शिलान्यास गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

अहिले पुननिर्माण गरिएका सम्पदा आउँदा सय बर्षसम्म सामान्य मर्मत गरे पुग्छ । पुननिर्मित सम्पदाको गुणस्तरका विषयमा कुरा गर्दै प्रमुख शाक्यले, हामीले वितेको कार्यकालमा तत्काल प्रभाव देखिने र दिगो कालसम्म रहिरहने योजनालाई प्राथमिकता दिएर सञ्चालन ग¥यौँ ।

त्यस क्रममा बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले, काठमाडौँ महानगरले अन्तरसरकार समन्वयबाट पूर्वाधार निर्माण र सम्पदा पुननिर्माणमा उल्लेखनीय काम गरेको आफूलाई महसुस भएको धारणा राख्नुभयो ।

’पूर्वाग्रह विना गरिएका यी कामहरुले महानगरको मौलिकता जोगाइ राख्न ठूलो योगदान पुगेको छ ।‘ डा. शाक्यको भनाइ थियो ।

वडा २१ सम्पदा भएको वडा हो । त्यसैले हामीले सम्पदा संरक्षणलाई योगदान दिएका छौँ । कार्यक्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताउनुभयो ।

करीव १ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको यसको निर्माणका लागि करीव १ करोड ५ लाख रुपैयाँ कबोल गरेर समन्द्री कन्स्ट्रसनले जिम्मा पाएको छ ।

हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुननिर्माण ०७९ कार्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यका अनुसार ३ तले भवनको हरेक तला करीव ६३० बर्गफुटको हुनेछ ।

 

 

 

IME Life
kumari