stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

लक्ष्मी ग्रुपद्धारा एक करोड दिने घोषणा, फिवर क्लिनिक सञ्चालन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । लक्ष्मी ग्रुपले  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।  लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले विश्व व्यापीरुपमा फैलिएको रोगको महमारीको संकटलाई सहयोग घोषणा गरेको बताए।

विश्वव्यापी रुपमा आएको संकटले छोइसकेको बेलामा लक्ष्मी ग्रुपले पनि यस्तो घोषणा गरेको उनले बताए  ।  निजी क्षेत्रले सरकारले घोषणा गरेको कामलाई अझ  बलियो बनाएर संकटबाट मुक्ति गराउन सहयोग गरेको उनले जानकारी दिए । कोरोना संक्रमणबाट नियन्त्रण र प्रभावितको उपचारका लागि स्क्रिनिंग फिवर क्लिनिक समेत सञ्चालन गर्ने योजनामा लक्ष्मी ग्रुप रहेको उनले  बताए ।

उनले भने,  लक्ष्मी समूहले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको छ। यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी समूहले आर्थिक सहयोग उपल्बध गराउने छ भने हेल्थ एट होम कार्यान्वयन साझेदारको रुपमा काम गर्ने छ।

फिभर क्लिनिक मार्फत पछिल्ला १४ दिनमा विदेशबाट नेपाल फर्किएकाको परीक्षण गरिनेछ। त्यसैगरी कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएकाको पनि त्यहाँ परिक्षण गरिने कम्पनीले जानकारी दिएको छ। कोविडको सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी लागेका व्याक्तिलाई पनि फिभर क्लिनिकमा जाँच गर्न सकिनेछ। त्यसैगरी संक्रमित भए भनेर चिन्तित तर कुनै पनि प्रकारको लक्षण नदेखिएकाको पनि फिभर क्लिनिकमा परीक्षण गरिने लक्ष्मीले ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिभर किलनिकको मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गरिने कम्पनीले जारी  विज्ञप्तिमा भनिएको छ।

जसले गर्दा अस्पतालका आपतकालिन विभाग वा संक्रमण रोकथाम विभागका स्रोतसाधनलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ। अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको र त्यसबाट कोविडको व्यवस्थापन र रोक्थाममा महत्त्वपूर्ण भूमिका खेलेको जानकारी पनि कम्पनीले दिएको छ।

लक्ष्मी ग्रुपले परोपकारी उद्देश्यहरुलाई सहयोग पुग्ने गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका जानकारी पनि दिएको छ। ग्रुपले २०१५ को भूकम्पमा नेपाल रेड क्रस, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टरलाई सहयोग गर्नुका साथै चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर पोखरामा लिफ्ट निर्माण गरेको छ। लक्ष्मी ग्रुपले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो(आफनो क्षेत्रबाट सहयोग गर्न पनि अपिल गरेको छ।
ग्रुपले यसभन्दा पहिला भूकम्पमा पनि विभिन्न आर्थिक र भौतिक सामाग्रीको सहयोग गरेकाले देशलाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता समेत उनले जाहेर गरे ।

 

kumari bank
kumari
nawakantipur long