विप्लव नेतालाई सर्वोच्चको छाडने आदेश
आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार
काठमाडौ । आज सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका दुई नेतालाई रजिस्ट्रारको रोहवरमा छाडने आदेश दिएको छ ।
विप्लव समुहका ललितपुर सेक्रेटरी नविन बिश्वकर्मा र काठमाण्डौका सेक्रेटरी धिरेन्दा कुमारी उपाध्यायलाई तत्काल छाडन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टंक बहादुर मोक्तान र प्रकाश बहादुर ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरण निवेदनमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता चिरञ्जीवी ढकाल लगायतले वहस गरेका थिए ।