citizens life insurance long ad
stcnepal long ad

मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज मंसिर २३ गते बुङमतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङमती राखिने चलनानुसार आज दिउँसो पाटनको तःबहाल ल्याउन लागिएको छ ।

गत मंसिर ९ गते हेरिएको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेकोको छ। मच्छिन्द्रनाथ गुठी स्रोतका अनुसार बिहानको साइतअनुसार सांकेतिक रुपमा भगवानलाई हल्लाएर अलिकपर सार्ने र दिउँसो खटमा बोकेर पाटन ल्याइने भएको छ

मच्छिन्द्रनाथलाई पाटन ल्याउन मच्छिन्द्रनाथका मुल पुरोहित कमलराज बज्राचार्य सहितले चार दिनअघिदेखि एक छाक चोखो खाना मात्र खाई आवश्यक नियम पालन गरेर बसिरहेका छन।

मच्छिन्द्रनाथलाई पाटन ल्याउनु केही दिनअघि भैरवनाथ र कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिएको छ ।यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरिएको छ।

आज दिउँसो गुठी संस्थानका कर्मचारी बुङमती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौं उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताएका छन ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ रहि आएको छ ।

IME Life
kumari