stcnepal long ad
global ime bank long

सरकारको नीतिः एक महिनामा एक परिवारलाई एक सिलिण्डर मात्रै ग्यास

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार बजारमा ग्यास अभाव हुन नदिन र वितरण प्रणालीलाई व्यवस्थित गर्न यस्तो नीति बनाइएको हो ।

यो नीति अनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ ।

यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने हुन्छ । एक परिवार एक ग्यास सिलिण्डर लागू गर्न ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाणको विवरण पनि राखिने निगमले जनाएको छ ।

IME Lifesidebar
kumari