citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निमोनियाको निःशुल्क खोपसहितका कार्यक्रम सहित २७ औँ महानगर दिवस मनाउने तयारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित काठमाडौँले मंसिर २७, २८ र २९ गते २७ र्औँ महानगर दिवस मनाउने भएको छ ।

मंसिर २० गते महानगरका प्रमुख एवं २७ औँ महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको हो ।

यस अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेहरुलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा वुथबाट कोविडविरुद्धको खोप सञ्चालन गरिनेछ ।

यसैगरी विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुनेछ ।

कोविड संक्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्छन् । अवस्था सामान्य रहिरह्यो भने दिवसका कार्यक्रमलाई महानगरबासीकाविचमा चल्नेछन् । बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘महानगर दिवस नागरिकले अपनत्व बोध गर्ने खालका बनाइनेछन् । नागरिकका विचमा बसेर दिवस मनाउने प्रबन्ध गरिने छ ।’

३ दिने कार्यक्रमको अन्तिम दिन २९ गते बसन्तपुरमा मुल समारोह आयोजना हुनेछ ।
त्यस दिन परम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कारहरु वितरण हुनेछन् ।

उपप्रमुख, प्रमुख प्रकासकीय अधिकृतसहित कार्यपालिका सदस्यहरु मूल समारोह समितिको सदस्य हुनुहुन्छ ।

 

 

himalayan life insurance
igi long