stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं जिल्लामा सुरक्षा व्यवस्था कडा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाण्डौ । कोरोना भाईरसको कारण सरकारद्वारा देशैभरि लकडाउन गरेको आज दोस्रो दिन हिजो भन्दा तुलनात्मक रूपमा सुरक्षाकर्मीद्वारा आवत–जावतमा कडा व्यबस्था गरिएको छ। पैदलयात्रीहरूलाई पनि अत्याबश्यक काम बाहेक अन्य कार्यमा घर बाहिर हिडडुल गर्न पुर्ण रूपमा रोक लगाएको छ ।

सवारी साधन र मोटर साइकलद्वारा प्रहरीले टोलटोलमा बाहिर ननिस्कन माईकिङ गर्दै सर्बसाधारणलाई आब्हान गरिरहेका छन् । बाटोमा दुध, पानी , पेरेस, एम्बुलेन्स, तरकारीका ,फोहोरका गाडीहरू फाट्टफुट्ट संचालनमा रहेका छन्।
डेरी, खद्यान्न ,फलफुल , तरकारी लगायतका अत्याबश्यक पसलहरू भित्री गल्लीहरूमा खुलेका छन् । मेडिकल पसलहरू भने पर्याप्त मात्रामा खुलेका छन् । अन्य अधिकाँस पसलहरू पुर्ण रूपमा बन्द रहेका छन् ।

बाटोमा प्रेसका मोटरसाईकलहरू पनि फाट्टफुट्ट रूपमा कुदिरहेको देखिन्छ । मोटरसाईकल यात्रीहरूलाई पास बिना यात्रा गर्न प्रहरीले रोक लगाईरहेका छन्। बजारमा तरकारी र फलफुलको मूल्यमा अत्याधिक बृद्वि देखिएको छ।

मुख्य सडकको भित्री भागमा भने खाधान्नका पसलहरू र चिया पसलहरू केही मात्रामा खुला रहेका छन्। गामिण छेत्रहरूमा पनि पसल कम खुलेका र सवारी साधन फाट्टफुट्ट चलेका छन् । जनजीवन घरमा नै लकडाउनमा रहेको पाइएको छ

prabhu mahalaxmi
kumari