stcnepal long ad
global ime bank long

निर्माण व्यवसायी कोषबाट महासङ्घले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।

महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

महासङ्घले चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउन सक्ने विषम परिस्थितिको पूर्व तयारी अनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भने ।

महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षित रुपमा बस्न सबैलाई आग्रह समेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari