citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शिवपुरी जंगलमा हल्का वर्षा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ ।

आज विहान ९ बजेपछि काठमाडौं जिल्लाको उत्तरी क्षेत्र शिवपुरी जंगल,सुन्दरीजल आसपास क्षेत्रमा हल्का वर्षा भएको छ।

राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोली शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

himalayan life insurance
igi long