उच्च माध्यमिक शिक्षा अन्तर्गत कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं । उच्च माध्यमिक शिक्षा अन्तर्गत कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा आज प्रकाशन गरिएको हो ।
कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।