stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

परिसंघद्वारा निजी सुरक्षा उपकरण (PPE) हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं ।  नेपाल उद्योग परिसंघले  नोवल कोरोना भाइरस संक्रमण -Covid-19 PANDEMIC) प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सकृयता बढाएको छ ।   प्रकोपका रोकथामका लागि परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी सुरक्षा उपकरण (PPE)  हस्तान्तरण गरेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमण (Covid-19 PANDEMIC)  को  उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण (Personal Protective Equipment- PPE) हस्तान्तरण गरेका हुन  ।

हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने वहाँले जानकारी गराएका थिए । अध्यक्ष  मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र  हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताए ।

prabhu mahalaxmi
kumari