परिसंघद्वारा निजी सुरक्षा उपकरण (PPE) हस्तान्तरण

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार
काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण -Covid-19 PANDEMIC) प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सकृयता बढाएको छ । प्रकोपका रोकथामका लागि परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी सुरक्षा उपकरण (PPE) हस्तान्तरण गरेका छन् ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमण (Covid-19 PANDEMIC) को उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण (Personal Protective Equipment- PPE) हस्तान्तरण गरेका हुन ।
हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने वहाँले जानकारी गराएका थिए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताए ।