stcnepal long ad
global ime bank long

ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमै ग्यास अभाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो ।

वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्यासको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाएर उपभोक्ता रित्तै फर्किएका थिए ।

उद्योगले ग्यासको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्यास विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्यास नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए । आजको आर्थिक अभियान दैनिकबाट

IME Lifesidebar
kumari