sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

उत्तरी नाका बन्दले आयातमा समस्या

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पलाई बहाना बनाउदै नेपाल–चीनको प्रमुख व्यापारिक नाका तातोपानीलाई चिनियाँ पक्षले बन्द गरेको थियो । भारत सरकारले नेपालमा संविधान जारी भएको विरुद्धमा २०७२ असोज ६ गतेपछि अघोषित नाकाबन्दी लगाइरहँदा चीन सरकारले पनि महाभूकम्प र कोभिड १९ लाई कारण देखाएर दुई देशबीचको प्रमुख नाका तातोपानी बन्द गरिदिँदा नेपाल थप संकटमा पर्न गएको छ ।

यसरी तातोपानी नाका समेत बन्द भएपछि विकल्पमा रसुवा नाकाको स्तरोन्नति गरेर सञ्चालन गर्न थालिएको भएपनि रसुवा नाकाबाट पनि नियमित सामान आयात /निर्यात हुन सकेको छैन।

नेपाल सरकारको तर्फबाट नेपाल(चीन सीमानामा रहेका अन्य नाकाहरूको स्तरोन्नति गरेर सञ्चालन गर्नेतिर पनि पहल भएको थियो । तर त्यसमा खासै प्रगति हुन सकेको छैन।

परम्परागत रुपमा तातोपानी नाका दुई देशको प्रमुख व्यापारिक नाकाको रुपमा स्थापित भएको र रसुवा नाका सहायक व्यापारिक नाकाको रुपमा सञ्चालन हुँदै आएको थियो । चीन सरकारले महाभूकम्पले पुरयाएको विनासलाई अगाडि सार्दै तातोपानी नाका बन्द गरेको भएपनि त्यसको वास्तविक कारण भने त्यस क्षेत्रमा हुने गरेको स्वतन्त्र तिब्बत गतिविधि र चीन विरोधी आन्दोलन नै तातोपानी नाका बन्द हुने प्रमुख कारण मानिएको छ ।

यही कारणले गर्दा नै अहिले स्थिति पूर्णरुपमा सहज भइसकेको भएपनि चीन सरकारको तर्फबाट तातोपानी नाकालाई पुरानै स्थितिमा सञ्चालन गर्ने काम भएको छैन ।

आर्थिक नाकाबन्दी कै स्तरमा अहिले यो नाकाबाट बल्लतल्ल दैनिक डेढ दर्जनसम्म कन्टेनर नेपाल आउने गरेका छन् । उता नेपाल–चीनले अर्को प्रमुख नाकाको रुपमा सञ्चालन गर्ने भनेको रसुवा नाकामा पनि स्थितिमा कुनै सुधार आएको छैन ।

कोभिड महामारी आउनुपूर्व रसुवा नाकाबाट दैनिक १ सयको हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने गर्दथे भने अहिले ८र१० वटा मात्र मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने गर्दछन् ।

नेपाली मालवाहक गाडीहरू चिनियाँ नाका भित्र जान पाउँदैनन् । चिनियाँले करोडौं करोडका सामान २र३ महिनादेखि चिनियाँले चीनतर्फ रोकेर राख्दा करोडौं लगानी गरेर कारोवार गर्ने व्याापारीहरू साह्रै पीडित भएका छन् ।

चीनले कोभिडको बहाना बनाएर किन यसरी नेपालीलाई दुस्ख दिएको होला भनेर व्यापारीहरू चिन्तित बनेका छन । नेपाल सरकारले अमेरिकन एमसिसि अनुदान सहयोग लिने कुरा उठेपछि चीनले उत्तरी नाकामा कडाई गरेर नेपाली व्यापारीहरूलाई अनावश्यक दुस्ख दिन लागेको छ।

विनाशकारी भूकम्प आउनुपूर्व तातोपानी र कोभिड १९ महामारी अघि रसुवा नाकाबाट सहज रुपमा नेपाली व्यापारीहरूले तिब्बतमा प्रवेश गर्न पाउँथे । तर, अहिले यो मामिलामा पनि चीनको तिब्बत सरकारले कडाई गरेर आर्थिक नाकाबन्दी गरेको रुपमा पीडित व्यवसायीहरूले लिएका छन् ।

अत्यन्त कम संख्यामा मात्र तातोपानी नाकाबाट कन्टेनर र रसुवा नाकाबाट मालवाहक ट्रकलाई छाड्ने गर्दा त्यस क्षेत्रबाट तयारी पोशाक, फलफूल र विभिन्न दैनिक उपभोग्य सामाग्री ल्याएर नेपालमा व्यापार गर्नेहरू ठूलो मर्कामा परेका छन,घाटा खान विवस भएको गुनासो सुनिन थालेको छ ।

तर, तिब्बत सरकारले तातोपानी र रसुवा नाकाबाट सामानसहितको ट्रक र कन्टेनरलाई नेपाल पठाउन किन नियन्त्रण गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

यसैगरी विगतमा निर्वाधरुपमा ट्रक र कन्टेनर नेपाल प्रवेश गर्दा व्यापारिक रुपले उच्च चहलपहल हुने गरेका यी नाकामा जान भन्सार विभागका कर्मचारीहरूको तछाडमछाड हुने गर्दथ्यो ।

तर अहिले व्यापारिक गतिविधि अत्यन्तै तल झरेसँगै भन्सारका कर्मचारीको प्राथमिकतामा तातोपानी र रसुवा नाका पर्न छाडेका छन् ।

त्यसैले त्यहाँको जिम्मेवारी सम्हाल्न जाने प्रमुख भन्सार अधिकृत र अधिकृतहरू छोटो समयमा नै सरूवा भएर जाने गरेका छन् । केही समय अगाडि रसुवा भन्सारमा प्रमुख रहेका रामप्रसाद रेग्मी बाहिरिएसँगै राम मैनालीले रसुवा भन्सारको नेतृत्व सम्हालि राखेका छन् र कति दिन रसुवा भन्सारमा राम मैनाली टिक्ने हुन् भन्ने चर्चा हुने गरेको छ ।

तातोपानी भन्सारमा भुकम्पपछि कोही कर्मचारी जान मान्दैनन। बढुवामा नम्वर पुरयाउन मात्र दुर्गम क्षेत्रमा बसेको कागज मिलाउन जाने गरेका छन।

gold
kumari bank
nawakantipur long