citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चार माध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडाैं । प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापी रुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनु पर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चार माध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकार बमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले महामारी लगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६ जारी गरेको छ ।

कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्वः

(१) सत्यतथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जाल मार्फत् प्रवाह गर्ने कोरोना संक्रमण सम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनु पर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमण सम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चार माध्यमले आफूले प्रकाशन गरे सरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नु पर्दछ ।

(२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने : पत्रकार तथा सञ्चार माध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नु पर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।

(३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चार माध्यमले कोरोना संक्रमण सम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसै माथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन,  प्रसारण र वितरण गर्नु हुँदैन ।

(४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः

पत्रकार तथा सञ्चार माध्यमले कोरोना संक्रमण सम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने: (१) पत्रकार तथा सञ्चार माध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन ।

(६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने : पत्रकार तथा सञ्चार माध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नु हुँदैन ।

(७) गल्ती सच्याउन तत्परता : पत्रकार तथा सञ्चार माध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमण सम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चार माBयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।

(९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्ने : पत्रकार तथा सञ्चार माध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचार संहिता, २०७३ (संशोधित-२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।

 

gold
himalayan life insurance long ad