अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज मंसीर १ गते बुधबार साँझ काठमाडौं आइपुग्दै छन् ।
नेपालमा रहँदा सहायक मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्र मन्त्री डा. नारायण खडका, अर्थ मन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, गठबन्धन दलका नेता सहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन् । अब यो परियोजना संसदबाट पारित गरि फटाफट प्रशारण लाइन र सडक पुर्वाधार निर्माण कार्य अगाडि बढाउनु पर्दछ।
नेपालका कथित राष्ट्रवादी कम्युनिस्ट र राजावादीहरूले चीनको उक्साहटमा एमसीसी परियोजनाको विरोध गर्दै सडक आन्दोलन गरिरहेका छन।
कम्युनिस्ट र राजावादीहरूले विकास निर्माण अनुदान सहयोगको विरोध गरेर नेपाललाई अन्धकार र पिछडिएको मुलुकमै राख्न खोजेका छन। यसबारे सरकारले पनि जनतालाई प्रष्ट गर्न चाहेको छैन। सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन।