citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो साधारण सभा, ८.४२ प्रतिशत लाभांश प्रस्ताव

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजी रू. २० अर्बको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

himalayan life insurance
igi long