sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सेनामा बढुवा सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवा सिफारिस भएका छन् । सैनिक मुख्यालयले उनीहरुको बढुवाको लागि सात दिने सूचना समेत प्रकाशित गरेको छ ।

नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरुको नाम बढुवाका लागी सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बैठकले बढुवाबारे निर्णय गर्नेछ । सेनाको उपरथीमा बढुवा सिफारिस हुने सहायक रथीहरु प्रदीपजंग केसी र योगराज शर्मा रहेका छन् । हाल केसी मध्य कमाण्ड हेडक्वार्टर पोखरामा कार्यरत छन् भने शर्मा पश्चिम कमाण्ड हेडक्वार्टरमा कार्यरत छन् ।

सहायक रथीमा बढुवा सिफारिस भएका महासेनानीहरुमा भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी,प्रकाशराज थापा, भुवन खत्री,ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल रहेका छन।

gold
prabhu bank
nawakantipur long